शक्ति बस्नेतको कटाक्ष : ‘सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु मुर्खता’

लोकपथ
77
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्ति बस्नेतले वर्तमान सरकारप्रति कडा आलोचना गर्दै सुशासन र राजनीतिक स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता भएको टिप्पणी गरेका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार संविधान संशोधन, राजनीतिक स्थायित्व र सुशासन दिन असफल भएको भन्दै त्यसप्रति कुनै आशा नराख्न आग्रह गरे ।

‘यो सरकार सुशासन कायम गर्न बनेको होइन, अनियमितताको ढाकछोप गर्न बनेको सरकार हो,बस्नेतले भने, ‘संविधान संशोधन, राजनीतिक स्थिरता कायम गर्ने, आर्थिक विकासजस्ता कुरामा सरकारबाट अपेक्षा गर्नु मूर्खता जस्तो भइसक्यो ।’

उनले वर्तमान सत्ता गठबन्धनको औचित्य पनि समाप्त हुँदै गएको टिप्पणी गरे । उनका अनुसार सरकारको प्राथमिकता जनताको समस्या समाधान होइन, सत्ता बचाउने र असफलतालाई लुकाउनेतर्फ केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?