काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट (भीआईपी) र अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले यस्तो व्यवस्था गरेको हो । सो कार्यालयद्वारा जारी जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नुहुने विशिष्ट एवं अति विशिष्ट महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भीआईपी/भीभीआईपी डेस्कको व्यवस्था गरेको ब्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ ।’
‘नेपाल राजपत्रमा उल्लेखित महानुभावहरूले मात्र उक्त भीआईपी/भीभीआईपी डेस्कको प्रयोग गरी अध्यागमन प्रक्रिया (आगमन तथा प्रस्थान) लाई सहज बनाइदिनु हुनसमेत सादर अनुरोध छ,’ सूचनामा भनिएको छ ।
केही भीआईपीहरू पासपोर्टमा अध्यागमनबाट प्रस्थान छाप नै नलगाई विदेश पुग्दा अप्ठेरोमा परेपछि कार्यालयले यस्तो प्रक्रिया सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया