काठमाडौं । कतारको दोहामा हमास र इजरायलबीच जारी अप्रत्यक्ष वार्ता जटिल मोडमा पुगेको छ । इजरायलले गाजाबाट पूर्ण रूपमा सेना नहटाउने प्रस्ताव गरेपछि सहमति टाढिएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
इजरायली नक्शामा करिब ४०% गाजा क्षेत्रमा सैन्य उपस्थिति रहने उल्लेख छ ।
युद्धविरामको सन्दर्भमा दुई पक्षले १० बन्धकको रिहाइको विषयमा सैद्धान्तिक सहमति जनाएको भए पनि इजरायली सेनाको पुनःतैनाथीको संकेतले वार्ता अवरुद्ध भएको हो ।
मध्यस्थकर्ताहरूले वार्ता केही समयका लागि स्थगित गर्न सुझाव दिएका छन् । अमेरिकी दूत स्टिभ विट्कफ दोहा पुगेपछि पुनः छलफल सुरु हुने बताइएको छ ।
गाजामा मानवीय सहायता र प्यालेस्टिनी बन्दी रिहाइमा केही प्रगति भएको छ, तर इजरायली प्रतिनिधिमण्डललाई ठोस निर्णय गर्ने अधिकार नभएको आरोप लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया