न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : प्रधानन्यायाधीश राउत

लोकपथ
6.8k
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताए ।

उनले न्यायाधीशहरुको न्यायिक निर्णय, काम–कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको बताए । पछिल्लो समय निष्ठा भएपनि व्यत्ति पाउन गाह्रो रहेको उनको भनाइ छ ।

उनले अदालतको कुनै एक मुद्दालाई लिएर न्यायपालिकाको समग्र विश्वसनीयतामाथि प्रश्न उठाउनु अनुचित हुने धारणा राखे ।

उनले भने, ‘न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो । त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ । त्यो दर्शनबाट प्रधानन्यायाधीश धेरै टाढा रहदैन । हाम्रा काम कारबाहीहरु, हाम्रा निर्णयहरु, हाम्रा भूमिकाहरु ठिक ठाउँमा प्रयोग हुनुपर्दछ । यस सम्बन्धमा निष्ठा नभएको मान्छेले गर्न थाल्यो भने कुरा अन्तै पर्छ । अहिलेको समयमा निष्ठा भएको मान्छे खोज्न थाल्यो भने मुस्किल छ । मैले हजारौं मुद्दा फैसला गरे अथवा हाम्रो अदालतबाट भएका हजारौं फैसलामध्ये एउटा मुद्दा तलमाथि भयो भने दिहाल्छन् अरु ९९९ वटा मुद्दाको कुनै सरोकार नै छन् । त्यसका बाबजुदपनि मैले न्यायपालिकाको जिम्मा लिन्छु भनेको छु । लिन्छु पनि ।’

उनले तमाम चुनौतीका बीच पनि आफू न्यायपालिकाको जिम्मेवारी लिन तयार रहेको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?