भेरी नदीमा हाम फालेका एक पुरूष बेपत्ता

लोकपथ
357
Shares

सुर्खेत । सुर्खेतको गुर्भाकोटमा ६० वर्षीय जेष्ठ नागरिक भेरी नदीमा हाम फाल्दा बेपत्ता भएका छन्। बुधबार दिउँसो गुर्भाकोट–११, सिमखोली निवासी गोपाल वली बेपत्ता भएका हुन् ।

प्रहरीको अनुसार वलीले दिउँसो करिब २ः२० बजे नदीमा हाम फालेका थिए। घटनापछि स्थानीयले २ः३५ बजे प्रहरी चौकी मेहलकुनामा खबर गरेका थिए।

खबर लगत्तै प्रहरी सहायक निरीक्षक भूपेन्द्र अधिकारीको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ। हाल वलीको खोजी कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?