स्वार्णिम वाग्ले भन्छन् : ‘अब आर्थिक संस्थामै विचौलियाको राज छ, राष्ट्र बैंक गम्भीर बनोस्’

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले मुलुकमा कुशासन गहिरिँदै गएको आरोप लगाउँदै आर्थिक क्षेत्रसमेत अब विचौलियाको नियन्त्रणमा पुगेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले राजनीतिक नेतृत्व पंगु, भ्रष्ट र निकम्मा बन्दै गएको अवस्थामा अब आर्थिक संस्थाहरू समेत कब्जा हुन थालेको गम्भीर टिप्पणी गरे ।

उनले भने, ‘जताततै कुशासन बढेको छ, एफएटीएफदेखि ग्रेलिस्टले नै देखाउँछ । आर्थिक क्षेत्र पहिलेसम्म विचौलियाबाट केही हदसम्म सुरक्षित थियो, तर अहिले त विचौलियाकै राज चलेको छ ।’

वाग्लेले नीतिगत चलखेल, भ्रष्टाचार र आर्थिक नियामक संस्थाहरूमा देखिएको हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै राष्ट्र बैंकले यस्ता प्रवृत्तिलाई रोक्न गम्भीर ध्यान दिनुपर्ने बताए ।

उनको भनाइमा राष्ट्र बैंक र शेयर बजार नियामक निकाय (सेबोन)जस्ता संस्थाहरूलाई डुबाउने दिशामा लाने प्रयास हुँदैछ, जुन देशका लागि अत्यन्तै अस्वस्थ संकेत हो ।

‘अब आउन लागेको मौद्रिक नीति यस्तो विचलन र कब्जालाई रोक्ने दिशामा जानुपर्छ,’ सांसद वाग्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?