बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डमा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध बनेको सडक आज दिउँसो साढे १ बजेपछि पुनः खुलाइएको हो ।
भासिएको ट्रक हटाउने कार्य सम्पन्न भएसँगै दुवै तर्फको सवारी आवागमन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध हुँदा लामो समयसम्म सवारी साधन रोकिएर यात्रुहरू अलपत्र परेका थिए । अहिले भने ट्राफिक व्यवस्थापनसहित सवारी सुचारु गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया