काठमाडौं । मंगलबार बिहान चीनतर्फबाट रसुवागढी हुँदै आएको बाढीमा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रहरीले बुलेटिन जारी गर्दै हालसम्म ७ जनाको शव फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म १८ जना बेपत्ता रहेका छन् । जसमध्ये ९ जना नेपाली सर्वसाधारण, ३ जना प्रहरी र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका हुन् ।
हालसम्म विभिन्न ठाउँबाट ५५ जनाको उद्धार गरिएको र क्षतिको आँकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
छिमेकी राष्ट्र चीनमा परेको अविरल वर्षापछि नेपाल–चीन सिमानामा पर्ने लेन्दे खोलामा बाढी आएको थियो । उक्त बाढीका कारण रसुवाका ४ पालिकाका विभिन्न क्षेत्रमा असर गरेको छ ।
त्यस्तै बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने ईभी चार्जिङ स्टेशनमा क्षति पुर्याउँदा त्यहाँबाट करिब ८ वटा गाडीहरु बगाएका छन् । त्यस्तै भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुग्नुका साथै रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ ।
त्यसो त चीततर्फबाट आउने भोटेकोशीमा पानीको वहाब कम भए पनि जोखिम भने बाँकी रहेको छ । सरकारले रसुवागढीदेखि नुवाकोट हुँदै धादिङको वेनिघाटसम्म जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया