चिकित्सक आन्दोलन : सरकार र संघबिच प्रारम्भिक संवाद, बेलुकासम्म निष्कर्ष निकाल्ने तयारी

लोकपथ
329
Shares

काठमाडौं । उपभोक्ता अदालतको फैसलापछि आन्दोलनमा उत्रिएका चिकित्सकसँग सरकार संवादमा बसेको छ ।

स्वास्थ्य, कानुन र उद्योगमन्त्रीको उपस्थितिमा प्रारम्भिक छलफल भएको छ भने औपचारिक वार्ताका लागि संघले मन्त्रिपरिषद्को अधिकारसहितको टोली माग गरेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीका अनुसार सरकारबाट औपचारिक बोलावट आएपछि मात्र वार्ता टोली बनाएर छलफल गर्ने तयारी छ । आन्दोलनरत चिकित्सकले स्वास्थ्य सेवा ऐन, उपभोक्ता ऐन र फौजदारी संहितामा संशोधन गर्नुपर्ने माग राखेका छन् ।

आज बेलुका ६ बजे पुनः बैठक बस्ने तय भएको छ । आकस्मिक र सघन उपचारबाहेक सेवा ठप्प छ भने चिकित्सकले लाइसेन्स बुझाउने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?