काठमाडौं । चीनको स्वशासित भूमि तिब्बतबाट आज एकाबिहानै आएको बाढीमा परेर रसुवामा कम्तीमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुने प्रहरीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बाराको फेटा गाउँपालिका–१ बस्ने २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई टिमुरे रसुवामा कार्यरत बझाङको बुंगल नगरपालिका–९ बस्ने २३ वषर््ीय प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।
यसैगरी बेपत्ता हुने चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU, JOU YONG छन् ।
यसैगरी नेपाली नागरिक बर्दिया बस्ने ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु, बाग्लुङ बस्ने नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा, वतन नखुलेका मिक्चर चालक गोविन्द मोक्तान र वतन नखुलेको हाइलक्स चालक लोकमान तामाङ छन् ।
यस्तै, आज बिहान १० बजे रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधामको खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टासहित गुप्तांग फेला परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया