त्रिशूली नदीको बाढीमा फसेका २ जनाको नेपाली सेनाद्वारा उद्धार

लोकपथ
448
Shares

काठमाडौं । त्रिशूली नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ । मंगलबार बिहान त्रिशूली नदीको बाढीमा फसेका २ जनाको नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर उद्धार गरिएको हो ।

नुवाकोटको विदुर नगरपालिका–९ स्थित इन्द्रेणीघाटस्थित दुई जना त्रिशूली नदीमा फसेका थिए । उनीहरू दाउरा खोज्न गएको र बाढी आएपछि सिसौको रुपमा अडेस लागेर बसेका थिए । उनीहरू बाढीमा फसेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको थियो ।

नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रका अनुसार त्रिशूली नदीले खतराको तह पार गरेको छ । भीषण बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ । साथै टिमुरे भन्सारका गाडी, कन्टेनर लगायत भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?