कृषि र उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा हुँदैछ : गभर्नर पौडेल 

लोकपथ
175
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले समस्या भएका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ मौद्रिक नीति आउने बताएका छन् । 

आइतबार राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित मौद्रिक नीति पूर्व सन्ध्या अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन्  । 

उनले निष्क्रिय कर्जा (एनपिएल) बढी भएको क्षेत्र कृषि र उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा भइरहेको बताए  । उनकाअनुसार आगामी मौद्रिक नीति वित्त नीतिले निर्देशित गरेका कार्यक्रमहरूलाई सम्बोधन तथा समावेश गरिनेछ । 

गभर्नर पौडेलले भने,‘कृषि र उद्योग क्षेत्रमा एनपिएल बढी छ, जुन क्षेत्रमा कर्जा बढी जाओस् भन्ने चाहेका थियौँ, तर त्यही क्षेत्रमा बढी एनपिएल देखियो । बढी एनपिएल हुँदैमा ती क्षेत्रलाई छोड्न मिल्दैन, साना व्यवसायी एमएसएमई बढाएर जानुपर्नेछ, लडाइमा सबैलाई दुःख हुन्छ, हाम्रो नीति पनि त्यहीअनुसारको ल्याउने गरी छलफलमा छ ।’

गभर्नर पौडेलले सबैलाई समेट्ने गरी मौद्रिक नीति ल्याइने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?