काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद तथा पूर्वमन्त्री रेखा शर्माले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकप्रति असन्तुष्टि जनाउँदै सभापतिको भूमिकामाथि प्रश्न उठाएकी छन् ।
आइतबारको बैठक सुरु हुनेबित्तिकै सांसद शर्माले बिना जानकारी बैठक स्थगित गर्ने प्रवृत्तिले कानून निर्माण प्रक्रियामा असर पारिरहेको भन्दै कडा आलोचना गरिन् ।
उनले भनिन्, ‘हामी हाम्रो धारणा राख्न नपाउने ? प्रतिबन्ध लगाउन पाइदैन । हामीलाई किन दुःख दिन बोलाएको हो ? पारित गरेर बोलाउनुस् न है ।’
शर्माले समिति सभापतिले बैठक आफ्नो नियन्त्रणमा राख्न नसकेको जस्तो देखिएको टिप्पणी गर्दै थपिन्, ‘सभापतिको नियन्त्रणमा बैठक छ कि छैन ? अनौपचारिक बैठक समितिमा हुदैन । कहाँ गर्ने हो, गर्नुस् । हामी जिल्ला छाडेर आएका छौँ, बैठक ठिक ढंगले चलाइयोस् ।’
उनले सरकारले चित्त नबुझेको विधेयक फिर्ता लिन सक्ने भन्दै समितिको प्रक्रिया स्पष्ट र मर्यादित हुनुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया