भोजपुर सामूहिक हत्या प्रकरण : आरोपी राई घाइते अवस्थामा फेला, थप उपचारका लागि धरान लगिँदै

लोकपथ
21.2k
Shares

काठमाडौं ।  भोजपुरमा चार जनाको सामूहिक हत्या गरेका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।

पेटमा गम्भीर चोट लागेका राईलाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल भोजपुरले धरान पठाएको हो ।

प्रहरीका अनुसार, पेटमा तीन स्थानमा चोट लागेर गम्भीर घाइते भएका राईलाई सुरुमा जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचार आवश्यक देखिएपछि धरान पठाउने निर्णय गरिएको भोजपुर प्रहरीले जनाएको छ ।

शनिबार राति सवा १ बजे आरोपी राईले आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरी घटना जानकारी गराएका थिए। सो जानकारीपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हवल्दारको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

टोलीले राईलाई रामप्रसाद राई गाउँपालिका–१ स्थित हर्बुभञ्ज्याङ भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार, घटनास्थल र राई फेला परेको स्थान बीच करिब ४–५ किलोमिटर दूरी रहेको छ ।

राईले आफ्ना ससुरा, सासु, १६ वर्षीया श्रीमती र १० वर्षीय साला को हत्या गरेका थिए । घटनाको कारण भने अझै स्पष्ट भइसकेको छैन र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?