रविको हस्ताक्षर अभियानको विरोध गर्दै महेश बस्नेत भने – ‘बालबालिकाको दुरुपयोग निन्दनीय छ’

लोकपथ
2.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको विरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बस्नेतले बालबालिकालाई बिस्कुट र कुरकुरे दिएर हस्ताक्षर गराउने कार्य आपत्तिजनक भएको बताए । उनले बालअधिकारको उल्लङ्घन गरी अपराध ढाक्ने प्रयास निन्दनीय रहेको टिप्पणी गरे ।

‘बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ,’उनले लेखेका छन्, ‘यस्तो हर्कतले केवल बाल अधिकारको उल्लङ्घन गर्छ, समाजमा गलत सन्देश दिन्छ ।’

उनले कानुनको शासन र बाल अधिकारको संरक्षण सधैं पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै यस विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?