सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा आजदेखि बन्द

लोकपथ
7.1k
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि त्यससँग सम्बन्धित सबै सेवा आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली लगायतका सबै सेवा बन्द भएको जानकारी दिएको हो ।

विभागले सूचना जारी गर्दै भनेको छ, ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’

विभागका अनुसार प्रणालीमा आएको समस्या समाधानको प्रयास भइरहेको छ । समस्या समाधान नभएसम्म वा अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द नै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?