धनुषाको सीमावर्ती क्षेत्रमा तस्कर र सशस्त्र प्रहरीबिच झडप, ६ प्रहरी घाइते

लोकपथ
1.6k
Shares

काठमाडौं । धनुषामा बिहीबार साँझ तस्कर र सशस्त्र प्रहरीबिच झडप हुँदा ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । झडप विदेह नगरपालिका–२ अन्तर्गत वैदेही दुहबीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा भएको हो ।

झडपमा घाइते सशस्त्र प्रहरीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार तस्करीको सामान आँपको बगैंचामा लुकाइएको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली दुहबी पुग्दा स्थानीयको सहयोगमा तस्करहरूको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो । आत्मरक्षाका लागि सुरक्षाकर्मीले अश्रुग्यास र ४ राउन्ड हवाई फायर गर्नुपरेको थियो ।

घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति थप कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?