प्रधानमन्त्री ओली रियल मड्रिडको रंगशाला सान्टियागो बर्नबाउमा, नाम अंकित जर्सी फहराए

लोकपथ
1.1k
Shares

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्पेनी महारथी फुटबल क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउ रंगशाला पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै रंगशालाको भ्रमण गराएका थिए । भ्रमणका क्रममा ओलीलाई क्लबको तर्फबाट सम्मानस्वरूप ‘केपी ओली’ लेखिएको रियल मड्रिडको जर्सी पनि प्रदान गरिएको थियो । प्रधानमन्त्री ओलीले उक्त जर्सी फहराएका छन् ।

यसअघि ओलीले संसदलाई सम्बोधन गर्दै स्पेन भ्रमणका क्रममा रियल मड्रिड क्लबका अधिकारीहरूसँग भेट हुने जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?