काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ ।
विनयी खोलामा पुल नहुँदा पटक–पटक सडक अबरुद्ध हुँदै आएकोमा आजदेखि नयाँ पुल सञ्चालनमा आएसँगै आवागमन सहज भएको हो ।
नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल सञ्चालनमा आएसँगै यातायात सहज भएको छ ।
यसअघि पुल भत्किएपछि डाइभर्सनमार्फत सवारी चलाइए पनि बाढीका कारण बारम्बार डाइभर्सन बग्ने र यात्रुहरूले सास्ती व्यहोर्नु पर्ने अवस्था थियो ।
अब नयाँ पुल सञ्चालनमा आएपछि सो क्षेत्र भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई राहत मिलेको छ । पूर्वपश्चिम राजमार्ग मुलुककै प्रमुख यातायात नाका भएकाले यस सडकमा साना–ठूला सवारीको बाक्लो चलन छ ।
पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि प्रभावित स्थानीय बासिन्दा र यात्रुहरूमा खुशीको वातावरण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया