साइबर मुद्दामा पत्रकार पाठकको बयान आज, थुनछेक बहस न्यायाधीश भट्टको इजलासमा

लोकपथ
735
Shares

काठमाडौं । साइबर अपराध मुद्दामा पत्रकार दिल भूषण पाठकको बयान र थुनछेक बहस आजै काठमाडौं जिल्ला अदालतमा हुने भएको छ।

न्यायाधीश खेमराज भट्टको इजलासमा बहस हुने सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। जिल्ला सरकारी वकिल कार्यालयले सोमबार पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो।

पाठकले युट्युब च्यानलमार्फत हिलटन होटल र जयवीर देउवाबारे भिडियो प्रकाशित गरेपछि साइबर ब्युरोले असार १३ गते अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?