काठमाडौं । पत्रकार दिलभूषण पाठक साइबर अपराधको आरोपमा जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । नेपाल प्रहरीले युट्युबमार्फत घृणा र द्वेष फैलाएको अभियोगमा १६ असारमा मुद्दा दायर गरेपछि उनी अदालतमा हाजिर भएका हुन् ।
पाठकमाथि अब थुनछेक बहस चल्नेछ । प्रहरीको साइबर ब्यूरोले हिल्टन होटलसँग सम्बन्धित भिडियोमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई जोडिएको भन्दै उजुरीको आधारमा अनुसन्धान अघि बढाएको थियो ।
यसअघि ब्यूरोले पक्राउ पूर्जी जारी गरी पाठकमाथि अनुसन्धान गर्न खोजेको थियो । तर, उच्च अदालत पाटनले ५ असारमा पक्राउ नगर्न आदेश दिएपछि प्रहरी पक्राउ नगरीकनै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
पाठक सञ्चालित युट्युब च्यानलमा सार्वजनिक भएको सामग्रीले सामाजिक द्वेष र भ्रम फैलाएको दाबी उजुरीकर्ताको रहेको छ । अब अदालतले उनी थुनामा रहने कि नरहने भन्नेबारे निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया