काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘एमजी विन्डसर ईभी’को भव्य लन्च गरेको छ ।
बुधबार साँझ बोद्धस्थित हायात रिजेन्सीमा एक समारोहकाबिच ‘एमजी विन्डसर ईभी’ को सार्वजनिकीकरण गरेको हो । भारतमा निर्मित ‘एमजी विन्डसर ईभी’ ले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको ईलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ ।
विन्डसर ईभीले थप स्पेस,थप कम्फर्ट र थप प्रिमियम फिचरहरु उपलब्ध गराउने, जसले गर्दा पारिवारिक र व्यवसायीक दुवै व्यक्तिहरुका लागि उत्तम विकल्प हुने समेत दाबी गरिएको छ ।
यसमा १३५ डिग्री रेक्लाइन हुने एरो–लाउन्ज सिटहरु, ६०४ लिटरको ठूलो बुट स्पेस र १५.६ ईन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुयाउने एमजी मोटर्सले जनाएको छ ।
यसका साथै विन्डसर ईभीमा शक्तिशाली मोटर पावर रहेको र यसले शहर तथा हाइवेको यात्रालाई थप सहज बनाउने बताइन्छ । साथै यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किमीको भरपर्दो रेन्ज प्रदान गर्दछ । साथै वारयलेस चार्जिङ सुविधा समेत रहेका कारण थप सहजता दिने बताइएको छ । त्यसका साथै एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ । त्यसका साथै प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरु र स्मार्ट फ्लश डोर ह्याण्डल पनि राखिएको छ ।

साथै सुरक्षाका लागि समेत ध्यान दिइएको एमजी मोटर्सले जनाएको छ । जसका लागि ६ वटा एयर ब्याग राखिएको छ साथै आईपी ६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरु पार गरेको छ । ६ स्पीकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझै उत्कृष्ट बनाउने तथा १६८ मिमि ग्राउण्ड क्लियरेन्सले सबै बाोमा सहज र आत्मविश्वासी यात्रा सुनिश्चित गर्ने विश्वास लिइएको जनाइएको छ ।
त्यस्तै कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।
सो कार्यक्रममा बोल्दै एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले भने, ‘एमजी विन्डसर ईभी स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरुलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ । साथै हामीले विश्वास गरेका छौँ कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ ।’
हाल नेपालमा एमजीका अन्य गाडीहरुमा एमजी ४ईभी, एमजी कोमेट ईभी, एमजी जेडएस ईभी र एमजी ५ ईभी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया