डा. शैल रुपाखेती जर्मनीको आवासीय तथा तीन देशको गैरआवासीय राजदूत नियुक्त

लोकपथ
518
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. शैल रुपाखेतीलाई जर्मनीको आवासीय र अन्य तीन देशको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले रुपाखेतीलाई जर्मनीको आवासीय तथा युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा १ ले गरेको व्यवस्था बमोजिम राजदूतमा नियुक्त गरेका हुन् ।

डा. रुपाखेतीलाई मन्त्रिपरिषद् बैठकले राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?