विद्यादेवी भण्डारीले सेवा सुविधा त्यागिन्

लोकपथ
1.5k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट पाउँदै आएको सेवा सुविधा त्यागेकी छन् ।

बुधबार गृह मन्त्रालयमा पत्र दर्ता गराउँदै उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

सेवा सुविधा त्याग गर्ने उनी पहिलो पूर्वराष्ट्र प्रमुख हुन् । उनले मासिक डेढ लाख बराबरको सेवा, पेट्रोल सुविधा र आवास सहयोग लिँदै आएकी थिइन् । सुरक्षासम्बन्धी प्रोटोकल भने कायमै रहनेछ ।

०७२ सालमा पहिलोपटक राष्ट्रपति बन्दा उनी नेकपा एमालेको उपाध्यक्ष रहेकी थिइन् । त्यसपछि निरन्तर ७ वर्ष राष्ट्रपति बनेकी भण्डारी सक्रिय राजनीतिबाट बाहिर थिइन् । तर ०७९ फागुन २९ गते राष्ट्रपतिको रुपमा शीलत निवासबाट बिदा भएपछि भने उनी राजनीतिक रुपमा सक्रिय हुँदै आइरहेकी थिइन् । त्यसो त गत असार १४ गते उनले मदन भण्डारी स्मृती दिवसको अवसर पारेर पुनः नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । पूर्व राष्ट्रप्रमुख भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन लागेको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ ।

राज्यको सुविधा लिएर सक्रिय राजनीति गर्ने भन्दै चौतर्फी आलोचना भएपछि उनले आफूले पाउँदै आइरहेको सुविधा त्याग गर्ने घोषणा गरेकी हुन् ।

यो पनि…

सबैको बन्ने अवसर छाडेर एमालेकी मात्र बन्न पुगेकी ‘विद्यादेवी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?