कार्यवाहक प्रधानमन्त्री सिंह भन्छन्- ‘कुलिङ पिरियड प्रकरणमा दोषी जो भए पनि कारबाही हुन्छ’

लोकपथ
427
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती सेवा विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी छेडछाडको विषयमा दोषी जो भए पनि कारबाही हुने स्पष्ट पारेका छन्।

बुधबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै सिंहले विधेयकमा केही कुरा तलमाथि भएको स्वीकार गर्दै त्यसबारे छानबिन गरिने बताए।

उनले भने, ‘विधेयकमा नै तलमाथि भएको छ। त्यसबारेमा छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही गछौँ। गलत काम गर्ने जो भए पनि कारबाहीको दायरामा आउँछन्।’

सिंहले सरकार संविधानको संरक्षण गर्दै संस्थागत रुपमा अगाडि बढ्ने बताउँदै राजनीतिक स्थायित्वको आवश्यकता रहेको उल्लेख गरे।

कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा सिंहले वर्तमान सरकार जनताको चाहनाअनुसार संविधानको मर्मअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?