कल्याणीदेवी माविमा बृहत स्वास्थ्य शिविर सम्पन्न

लोकपथ
658
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ मा रहेको श्री कल्याणी देवी माविमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आइतबार विद्यालय प्राङगणमा भएको स्वास्थ्य शिविरमा त्यहाँका विद्यार्थीसहित अभिभावकहरु समेत स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन् ।

विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावक गरी ३२० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका शिक्षक किरण उजागर पुडासैनीले जानकारी दिए । ‘इन्फानाइट केयर’ को व्यवस्थापन तथा तिलगंगा आँखा अस्पताल र समाज डेन्टलको सहयोगमा श्वास्थ्य शिविर सम्पन्न भएको उनले बताए ।

शिविरमा आँखा परीक्षण, दन्त परीक्षणदेखि अन्य स्वास्थ्य परीक्षण समेत गरिएको थियो । जहाँ २०० भन्दा बढीको दाँतको प्राथमिक उपचार र २० जनालाई चस्मा समेत वितरण गरिएको थियो ।

त्यस्तै ईसीडीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको छ ।

विद्यार्थी, शिक्षक एवं कर्मचारीसहित अभिभावकहरुको समेत स्वास्थ्य परीक्षण गरेकोप्रति विद्यालय परिवारले आयोजकलाई धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?