काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर भएको छ ।
साइबर ब्युरोमा परेको उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत मुद्दा दायर गरेको हो।
पाठकले निवेदकको तस्वीरसहित ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा सामग्री सार्वजनिक गरेको आरोप छ। सरकारी वकिलको कार्यालयले एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी गरेको छ।
मुद्दाकाे पूर्णपाठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया