सांसद श्रेष्ठको चेतावनी : ‘विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेल्नुहोस्’

लोकपथ
861
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक संसदमा रोकिएर समितिलाई दोष देखाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएकी छन् ।

शिक्षा समितिको बैठकमा बोल्दै श्रेष्ठले शिक्षक पदपूर्तिमा नेपाल शिक्षक महासंघ र मन्त्रालयबीचको सहमति निष्कर्षविहीन भएको उल्लेख गर्दै, शिक्षकहरुलाई भोट बैंक बनाउन खोजिएको आरोप लगाइन् ।

उनले कानुन सांसदले बनाउने हो, न कि स्वार्थ समूहले भन्दै, महासंघले समेत शिक्षकका महत्वपूर्ण मुद्दा छाडेको आरोप लगाइन् । विधेयक होल्ड गरेर राजनीतिक खेल नखेल्न चेतावनी दिँदै उनले सहमति भएका बुँदाहरू पूर्ण सदनमा लैजान आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?