काठमाडौं । संसदमा प्रस्ताव गर्न लागिएको शिक्षा विधेयकबारे सहमति नजुटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शिक्षामन्त्री रघुजी पन्तबिच छुट्टै छलफल जारी छ।
सोमबार पार्टीको केन्द्रीय समिति बैठकबाट बाहिरिएका सभापति देउवाले शिक्षामन्त्री पन्तसँग कांग्रेस पार्टी कार्यालयमै छलफल गरिरहेका हुन्।
शिक्षा विधेयक संसदमा पेश गर्ने विषयमा कांग्रेसको असहमति देखिएपछि छलफल गर्न पन्त पार्टी कार्यालय पुगेका हुन्।
छलफलमा कांग्रेस नेता श्याम घिमिरे पनि सहभागी छन्। पछिल्लो समय विवादित बन्दै गएको शिक्षा विधेयक संसदमा अगाडि बढाउन दलहरूबीच सहमति जुटाउन प्रयास भइरहेका बेला यो छलफल भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया