शिक्षा समितिको बैठक स्थगित

प्रतिस्पर्धा अनुपातमा सहमति नजुटेपछि बैठक दिउँसो २ बजेका लागि सारियो

लोकपथ
1.2k
Shares

काठमाडौं । आज बिहानका लागि तय गरिएको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सहमति नजुटेपछि स्थगित गरिएको छ।

बिहान ८:३० बजेका लागि निर्धारण गरिएको बैठक अहिले दिउँसो २ बजेका लागि सारिएको हो। समितिको बैठक स्थगित हुनुको कारण अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धा सम्बन्धमा सहमति नजुट्नु हो । प्रतिस्पर्धाको अनुपात ६०:४० बनाउने कि ७५:२५ राख्ने भन्ने विषयमा मतभेद भएपछि बैठक स्थगित गरिएको हो।

बैठक अघि समन्वय परामर्श उपसमितिले सो विषयमा सहमति कायम गर्ने प्रयास गरे पनि निष्कर्षमा पुग्न सकेन। प्रतिस्पर्धाको ढाँचाका सम्बन्धमा समितिभित्र मतभेद रहँदै आएको छ।

अब दिउँसो २ बजे बस्ने भनिएको बैठकमा यस विषयमा पुनः छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?