अष्ट्रेलियाको वार्नाम्बूलमा नेपाली संस्था गठन, बास्कोटा अध्यक्षमा चयन

लोकपथ
7
Shares

वार्नाम्बूल । अष्ट्रेलियाको विक्टोरियास्थित वार्नाम्बूलमा नेपाली समुदायले पहिलो पटक औपचारिक संस्था गठन गरेका छन्।

नेपाली सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई संगठित गर्न बनेको संस्थाको अध्यक्षमा दीपेश बास्कोटा चयन भएका छन्।

नयाँ कार्यसमितिमा मोहन बम (उपाध्यक्ष), सबिन पौडेल (सचिव), देवी भट्ट (कोषाध्यक्ष) र सिता खड्का बस्नेत, गंगा अर्याल, सुजन पाण्डे, आकाश केसी, सशांक सिग्देल सदस्य छन्।

संस्थाले भाषा, संस्कृति, आपतकालीन सहयोग र समुदाय सञ्जाल विस्तारका क्षेत्रमा सक्रिय भूमिका खेल्ने जनाएको छ।

वार्नाम्बूलमा पहिल्यैदेखि देउसीभैलो, फागु, नयाँ वर्ष र चलचित्र प्रदर्शनजस्ता कार्यक्रमहरू हुँदै आएका थिए। खेलकुदतर्फ पाँच पटक अष्ट्रेलियन जुडो टाइटल विजेता उपाध्यक्ष बमको योगदान पनि उल्लेखनीय मानिएको छ।

यो संस्थागत पहलले प्रवासी भूमिमा नेपाली पहिचानलाई अझ उजागर गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?