काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदमा पेश गरेको संघीय निजामती सेवा विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै विधेयकको प्रतिलिपि च्यातेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले उक्त विधेयक गरिब जनताको अधिकारमाथि प्रहार गर्ने गरी आएको भन्दै कडा आपत्ति जनाए । उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य र भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन ।’
साहले यो विधेयकले आर्थिक रूपले कमजोर वर्गलाई लोकसेवामा प्रतिस्पर्धा गर्ने अधिकारबाट वञ्चित गर्न खोजेको आरोप लगाए ।
उनले चेतावनी दिँदै थपे, ‘यो विधेयक आयो भने गरिबका लागि कालो दिन हुनेछ । यसलाई समर्थन गर्नेहरूलाई इतिहासले माफी दिने छैन । ‘यस्तो अपराधिक कार्य’ को साक्षी बन्न नसक्ने भन्दै सांसद साह बैठक बहिष्कार गर्दै बाहिरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया