प्रस्तावित न्यायाधीशलाई सांसद शर्माको प्रश्न : ‘न्यायाधीश भएपछि निष्पक्ष हुने आधार के हो ?’

लोकपथ
637
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् । 

आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले प्रस्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् । 

केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए । बार स्वतन्त्र हुनुपर्ने भए पनि नेपालको बार राजनीतिक पक्षधर रहेको जिकिर गरे । बार राजनीतिक धारसँग कुनै न कुनै हिसाबले जोडिएको हुने बताए । 

सांसद शर्माले भने, ‘मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिस्पर्धा हुने गरेको संस्था हो । स्वतन्त्र बार देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ । राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चि नै निष्पक्ष हुन्छ त रु यो प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरू सुनुवाइ नै नगरिदिने भयो । सुनुवाइ गर्दा न्याय गर्नेले न्याय पाउँछ, ढिलो गर्दा न्याय हुन्छ त ? यो कर्तव्य हो त ? यी व्यवहार छन् ।’

सांसद शर्माले मुद्दाको सुनुवाइ ढिलो गर्दा न्याय हुन्छ ? भन्दै प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?