काठमाडौं । सनातन सेवा परिवारले सिप मेला मार्फत प्रशिक्षित नयाँ सनातन कर्मकाण्ड र ज्योतिष विज्ञान दक्ष व्यक्तित्वहरूसँग भेटवार्ता गरेको छ ।
काठमाडौं महानगरपालिकाद्वारा टुँडिखेलमा आयोजित ‘सिप मेला’ अन्तर्गत विशेष सनातन कर्मकाण्ड र ज्योतिष विज्ञान तालिम प्राप्त गरेका ३५ जना प्रशिक्षार्थीसँग सनातन सेवाका संस्थापकद्वय ज्योतष–पण्डित नारायण प्रसाद दुलाल तथा डिजिटल इकोसिस्टम विज्ञ सन्तोष कुमार देवकोटा औपचारिक भेटघाट तथा संवाद कार्यक्रममा सहभागि भएका छन् ।
यो विशेष तालिम गुरू बिभयजीको मार्गदर्शनमा सम्पन्न भएको थियो ।

यस अवसरमा सनातन सेवा परिवारलाई ‘प्रशिक्षित युवा साधक–प्रोफेशनलहरूलाई आध्यात्मिक, सांस्कृतिक तथा प्रविधि क्षेत्रसँग व्यावसायिक रूपमा कसरी जोड्न सकिन्छ’ भन्ने विषयमा मार्गदर्शन गराउने उद्देश्यले विशेष निमन्त्रणा गरिएको थियो ।
सनातन धर्म, सीप विकास र नवाचारको संगममार्फत संस्कारयुक्त समाज निर्माण गर्ने दिशामा यो एक सार्थक प्रयासको रूपमा लिइएको बताइएको छ । यो Sanatan Sewa एप प्ले स्टोरमा उपलब्ध छ र SanatanSewa.com मार्फत समेत यसका सेवाहरुसंग जोडिन सकिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया