काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओली भोलि शनिबार स्पेन भ्रमणमा जान लागेकाले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओली भोलि युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् । स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया