शिक्षा समितिको बैठक सर्‍यो

लोकपथ
2.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सरेको छ । बिहीबार दिउँसो १ बजेका लागि तोकिएको बैठक सहमति प्रयासस्वरूप दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।

बैठक विद्यालय शिक्षा विधेयकमाथि जारी विवादलाई समाधान गर्ने प्रयासस्वरूप सारिएको समितिले जनाएको छ । समितिका सभापति अम्मरबहादुर थापाका अनुसार विधेयकमा बाँकी विषयहरू टुंग्याएर भोलि (असार १३ गते) भित्र समितिबाट पारित गरी प्रतिनिधिसभामा पठाउने तयारी गरिएको छ ।

बुधबार दिनभर उक्त विधेयकका विवादित बुँदामाथि छलफल गर्न परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उपसमितिले छलफललाई तीव्रता दिँदै विवादित मुद्दाहरूलाई साँघुरो बनाउँदै लैजाने प्रक्रियामा रहेको जनाएको छ ।

समितिले आज र भोलिको बैठकमार्फत बाँकी विषयमा सहमति जुटाउने र विधेयकको टुंगो लगाउने लक्ष्य लिएको छ । विद्यालय शिक्षा विधेयक लामो समयदेखि राजनीतिक र नीतिगत विवादका कारण अलमलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?