विराटनगरमा इलामकी कोरोना संक्रमित महिलाको मृत्यु, शव प्रहरीलाई बुझाइयो

लोकपथ
2.1k
Shares

काठमाडौं । विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचाररत इलामकी ३९ वर्षीया ती महिलाको आकस्मिक कक्षमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

नोबेल अस्पतालका प्रबन्धक दीपेश राईका अनुसार, मृतक महिलाको ठेगाना इलामको सूर्योदय नगरपालिका रहेको छ । 

श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गराइएकी ती महिलालाई परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि मंगलबार नै विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । 

ती महिलाको शवलाई प्रहरीको जिम्मा लगाइएको छ । 

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?