काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि नियोजित रूपमा गालीगलौजको अभियान सञ्चालन भइरहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित ११औं विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू कसैप्रति वैरभाव नराख्ने र सधैँ प्रसन्नचित्त रहने बताए । म कसैप्रति वैरभाव राख्दिन । सधैँ प्रसन्नचित्त हुन्छु । मलाई गाली गरिरहेका छन् । त्यो नियोजित मिसन हो भन्ने म बुझ्छु,’ प्रधानमन्त्री ओलीले भने ।
उनले आफूले सबैलाई बुझाउन नसक्दा पनि गाली सुनिरहेको उल्लेख गर्दै भने, ‘माया लाग्छ गाली गर्नेहरूप्रति । मैले बुझाउन नसकेर मात्र हो । यदि ती व्यक्ति योगको संगतमा आए भने पनि मान्छे बन्नेछन् ।’
प्रधानमन्त्री ओलीले योगले चित्त अनुशासित बनाउने उल्लेख गर्दै भने, ‘योग भनेको चित्त अनुशासन हो । तपाईँहरू योग, ध्यान, प्राणायाम गर्नुहुन्छ । त्यसैले कसैलाई गाली गर्दै हिँड्नुहुन्न ।’
उनले योगले मनलाई स्थिर बनाउने र सकारात्मक कार्यमा स्थिर हुनु नै योगको सार भएको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया