वातावरण संरक्षणमा नेपालको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री ओली

लोकपथ
42
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको स्पष्ट पारेका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन् ।  

उनले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको भन्दै यो अब अहिलेको समयको सबैभन्दा ठुलो चुनौती बनेको उल्लेख गरे ।  पृथ्वी, जनता, समृद्धिमा यसले ठुलो प्रभाव पार्ने भन्दै उनले जलवायु परिवर्तनबाट कुनै पनि समाज पूर्ण रूपमा असुरक्षित नरहेको बताए  । जलवायु परिवर्तनको असरमा नेपालको भूमिका नरहे पनि नेपाले सबैभन्दा बढी क्षति व्यहोरिरहेको उनको भनाइ छ ।  

प्रधानमन्त्री ओलीले भने, ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठुलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ-हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि । कुनै पनि राष्ट्र यसबाट अछुतो छैन । कुनै पनि समाज पूर्ण सुरक्षित छैन । तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् । यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौँ । हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छन् । लगभग नगण्य छन् । तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् । हाम्रा हिमालय-पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन् ।’

प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको भूमिका उल्लेख्य रहेको भए पनि नेपालले नै बढी जलवायु परिवर्तनका जोखिम भोगिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?