जडिबुडी चोकदेखि पेप्सीकोलासम्मका अनाधिकृत संरचना हटाउन महानगरको निर्देशन

लोकपथ
1.9k
Shares

काठमाडौं । जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन संयुक्त रूपमा सूचना जारी भएको छ ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग र काठमाडौं महानगरपालिकाले सडक सीमाभित्र पर्ने अवैध संरचना हटाउन संयुक्त रूपमा सूचना जारी गरेका हुन् ।

सूचनाअनुसार, काठमाडौंको जडिबुटी चोकदेखि बत्तीसपुतली चोकसम्मको सडक खण्डको दायाँबायाँ दुबै तर्फ ८/८ मिटर (जम्मा १६ मिटर) सडकको सीमा भित्र रहेका संरचनाहरूलाई तोकिएको मितिसम्म आफैं हटाउन निर्देशन दिएको छ ।

सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना– नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र हटाउन उल्लेख गरिएको छ ।

तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरु नहटाएमा सार्वजिन सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माण सम्बनन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिनेसमेत सूचनामा जानकारी दिइएको छ ।

suchana_cULiPQ3v2W-1747039231.png

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?