नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध

लोकपथ
1.6k
Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुईनखोलामा आइतबार बिहान एक ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

आज बिहान ७ बजे काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको कोइला लोड गरिएको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुवै तर्फको यातायात ठप्प भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल मुग्लिन बजारबाट करिब दुई किलोमिटर दक्षिणमा पर्छ ।

हाल ट्रक हटाई सडक सुचारु गर्न डोजरमार्फत प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?