गोरखा । गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।
सोही जिल्लाको सुलिकोट गाउँपालिका–८ स्थित गैरीछाप बस्ने २३ वर्षीय आयुष गुरुङको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।
उनीसँगै गएका गोरखा नगरपालिका–९ लक्ष्मी बजार बस्ने २३ वर्षीय राश्विन कुँवर, बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछाप बस्ने २३ वर्षीय विश्व गुरुङ र खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका–७ बस्ने २९ वर्षीय हिमराज राई भने सकुशल रहेका छन् ।
पौडी खेल्ने क्रममा आयुष गुरुङ बेपत्ता भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव निकालेको थियो । उनीहरू वैदेशिक रोजगारको लागि काठमाडौं आई भ्रमणको लागि गोरखाको लिगलिगकोट गएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया