बाल मन्दिर जग्गा प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
483
Shares

काठमाडौं । नक्सालमा रहेको बाल मन्दिरको जग्गा हिनामिनासम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर भएको छ ।

बुधबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीको कसूरमा मुद्दा दायर गरेको हो ।

मुद्दा दर्ता हुनेहरूमा बाल संगठनका तत्कालीन अध्यक्ष रिता सिंह वैद्य, संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, 

महासचिव गणेश भक्त श्रेष्ठ, सदस्य कृष्ण शंकर साह, संगठनका अख्तियार प्राप्त महासचिव श्याम कुमार आले, अख्तियार प्राप्त महासचिव सुवास कुमार पोखरेल, संगठनका तत्कालीन महासचिव प्रचण्ड राज प्रधान, तत्कालीन महासचिव ६ रामकाजी गुरुङ कोने, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाहीविरुद्ध मुद्दा दायर भएको छ ।

त्यसैगरी संगठनका तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, बृहस्पती विद्यासदनका सञ्चालक प्रवीण राज जोशी, बृहस्पती विद्यासदनका तत्कालीन सञ्चालक मुरारी निधि तिवारी, बृहस्पती विद्यासदनका अध्यक्ष पुरुषोत्तम राज जोशी, सञ्चालक श्रद्धा संघाई, विद्यासदनका सञ्चालक अभिनव सिंघानिया, सञ्चालकसिद्धार्थ केडिया, र विद्यासदनका सञ्चालक कीर्ति प्रसाद पाण्डेयविरुद्ध मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?