वामपन्थी नेता प्रदीप नेपालको निधन

लोकपथ
6.2k
Shares

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन रोगसँग जुधिरहेका नेपालको मंगलबार अपरान्ह निधन भएको हो ।

थापाथलीस्थित नर्भिक अस्पतालमा राखेर उपचार भइरहेको थियो ।

पूर्वमन्त्री समेत रहेका नेता नेपाल रोगले च्याप्दै लगेपछि राजनीतिक रुपमा निष्कृय बनेका थिए ।

उनी पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । राजनीति साथसाथै साहित्यमा समेत नेपालको नाम उच्च रहेको छ ।

नेपालको एक दर्जन भन्दा बढी कृतिहरु प्रकाशित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?