काठमाडौं । बालाजु क्षेत्रमा अवस्थित कुमारी बैंकको एटिएम मेसिन तोडफोड गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यराति साढे १२ बजे, काठमाडौं महानगरपालिका–१६ स्थित बाइपास ओरालोबाट प्रहरीको गस्ती टोलीले एटिएम मेसिनमा तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका व्यक्ति नुवाकोटको विदुर नगरपालिका–१३ का २९ वर्षीय ज्ञानेन्द्र ठकुरी हुन्, जो हाल काठमाडौंको माछापोखरी सडक पेटीमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार ठकुरीले सिमेन्टको ब्लक प्रयोग गरी एटिएम मेसिनमा क्षति पुर्याउने प्रयास गरेका थिए । प्रारम्भिक जाँचमा उनी मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया