नीति राम्रो, कार्यक्रम छैनन् : माधव सापकोटा

लोकपथ
140
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नहुने खतरा भएको बताएका छन् ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले आगामी वर्षको नीति राम्रो राखे पनि कार्यक्रम नभएको बताए । सरकारले गलत नियत राख्यो भने नीति तथा कार्यक्रम कार्यान्वन हुन नसक्ने उनको भनाइ छ ।

सांसद सापकोटाले युवा पलायनलाई रोक्न सरकारले युवा लक्षित कार्यक्रममा ल्याउन नसकेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?