जसपा नेतृ बबी सिंहको ‘पेस्तोल डान्स’ बारे के भन्छ सप्तरी प्रहरी ?

लोकपथ
3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ डा. बबी सिंह यादवको पेस्तोल लिएर गरेको नेतृबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

केही दिनअघिदेखि सिंहले पेस्तोलबाट हवाई फायरिङ गरेर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो सम्बन्धमा सिंहलाई बोलाएर सोधपुछ गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले लोकपथलाई जानकारी दिए ।

सिंहलाई उपस्थित हुन भनेको र उनी आएपछि मात्रै अन्य कुरा थाहा हुने बस्नेतले बताए ।

‘हामीले बुधबार मात्र सो विषयमा थाहा पायौँ । हामीले उहाँलाई बोलाएका छौँ । उहाँ आउँछु भन्नुभएको छ, आएपछि सबै थाहा हुन्छ,’ उनले भने, ‘रेन्जर टोय नभएर वास्तविक पेस्तोल नै रहेछ भने उहाँमाथि आवश्यक कारबाही हुन्छ ।’

बबी पूर्वमन्त्री समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंहकी छोरी समेत हुन् । बबीले भने त्यस विषयमा स्पष्टीकरण दिँदै आफूले खेलौना पेस्तोल चलाएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?