काठमाडौं । आज बिहानै देखि काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका धेरैजसो स्थानमा वर्षा भइरहेको हो ।
मौसम प्रतिकूल बनेसँगै आन्तरिक तथा बाह्य हवाई उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यका उडानहरू ढिलो भएका एयरलाइन्स स्रोतले जनाएका छन् ।
जलवायु परिवर्तन महाशाखाका अनुसार आगामी दुई दिनसम्म देशभर मौसम बदली रहने र वर्षा जारी रहने पूर्वानुमान गरिएको छ । विशेषगरी बागमती, कोशी र मधेस प्रदेशमा वर्षाको सक्रियता बढी देखिएको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया