चेकजाँचका क्रममा भागेको कार दुर्घटना , ४ सय २१ किलो गाजा बरामद 

लोकपथ
3.6k
Shares

काठमाडौं । धनकुटा बाट सशस्त्र प्रहरी बलले गाजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना स्थित कोशी लोक मार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को२ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाइन्ट डिउटीले शंका लागि चेकजाँच गर्न  खोज्दा भागेको थियो । 

उक्त कार भागेपछि  पिछा गर्दा  कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको  ४ सय २१ किलो गाजा फेला परेको सशस्त्र प्रहरीको सह प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए । 

कार र बरामद गाजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?