डोटीमा जीप दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

लोकपथ
196
Shares

काठमाडौं। डोटीको जोरायल गाउँपालिका–२, मेलखोला स्थित भीमदत्त राजमार्गमा गएकाे राति एक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा परि बैतडी डिलासैनी गाउँपालिका–४ निवासी ४५ वर्षीय हर्कबहादुर नेगीको ज्यान गएको हो । गम्भीर घाइते अवस्थामा नेगीलाई उपचारका लागि धनगढीस्थित माया मेटो अस्पताल लगिएको थियो, तर चिकित्सकले उपचार शुरू गर्नुअघि नै उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा बैतडीकै २७ वर्षीय धीरेन्द्र नेगी, जगदीश जोशी ४४ वर्षीय , रामबहादुर नेगी ५३ वर्षीय, धना नेगी ६५ वर्षीय, वीरबहादुर नेगी २८ वर्षीय र चालक अशोक बम २४ वर्षीय घाइते भएका छन् । तीमध्ये धना नेगी र चालक बमको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?